काठमाडौं-१७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लगायत मालदिभ्स, मोरिसस, भुटान भारतको सुख–दुःखको साथी भएको बताएका छन्।

मोदीले आफ्नो टुइटरमा भनाई पोष्ट गर्दै नेपालसहित मालदिभ्स, मोरिसस, भुटान आफ्नो सुख–दुःखको साथी भएको उल्लेख गरेका हुन् ।
उनले यी देशहरुसँग भारतको सोँच मिल्ने समेत बताएका छन् । उनले सुख-दुःखको साथी मानेका देशहरुमा भुटानलाई पहिलो नम्बरमा राखेका छन् भने नेपाल, माददिभ्स र मोरिसस्लाई क्रमशः दास्रो, तेस्रो र चौथो प्राथमिकतामा राखेका छन् ।

‘जब कुनै आपत आउँछ, विपद् आउँछ त्यसबेला सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्दछौं।’मोदीले टुइटरमा लेखेका छन् ।