कैलाली ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।अखिल (क्रान्तिकारी)ले कैलालीको कैलारी गाउँपालिका वडा नं.–१ मझरास्थित वनदेवी प्रावि, वडा नं. २ स्थित सरस्वती प्रावि र वनदेवी मन्दिरको प्राङ्गणमा झण्डै ५०० वटा बोट विरुवाहरु वृक्षारोपण गरिएको बताइएको छ ।वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा सेतिमहाकाली ब्यूरो संयोजक विरेन्द्र शाह, अतिथि नेकपाका कैलारी गाउँपालिका इन्चार्ज बिरु चौधरी उपस्थित रहेका थिए । वृक्षारोपण कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक कसुबास किरण जोशी, जिल्ला सदस्य मनोज चौधरी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ । प्रज्वल शाही अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय सदस्य हुन् ।