बुटवल-१८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनितिक संकट पैदा भएको बताएका छन ।

आज बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलको आयोजनामा भएको बृत्तचित्र सार्बजनिकिकरण कार्यक्रममा बोल्दै उनले प्रचण्डमा भएको अस्थिरता,
अबसरबाद र महत्वकाक्षाकै कारण देशमा राजनितिक संकट पैदा भएको बताए । उनले पुर्व एमाले भित्रको अन्तर बिरोधमा खेलेर पाटी टुक्राउने काम गरेको बताए ।

त्यस्तै उनले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए । अहिले जस्तो पाटीभित्र अनुशासनहिन नेता भए आश्रितले नछाड्ने भन्दै पाटिमा आश्रितको अभाव भएको उनले भनेका छन ।