बुटवल-१८
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ । सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन् ।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले बताए । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी प्रमुख थापाले बताए ।
घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ ।