बुटवल-२१
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बस्ने भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गर्दै संविधानको धारा १६३ (३) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको जानकारी गराएका हुन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अत्पमतमा रहेको भन्दै १९ गते तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
लगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख शेरचन समक्ष विशेष अधिवेशनको लागि समावेदन दिएका थिए ।