बर्दघाटको त्रिवेणी चोकमा पैदल हिडिरहेका प्रहरी निरीक्षकलाई तिव्र गतिमा हुईकिएर आएको मोटरसाईकलले ठक्कर दिदाँ घाईते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते प्रहरी निरिक्षक वाग्लेको निधन भएको हो । नवलपरासीको बर्दघाटमा राती साढे आठ बजे तिर तिव्र गतिमा हुईकिएको मोटरसाईकलको ठक्करबाट वाग्ले गम्भिर घाइते भएका थिए। उनको राती ११ बजे भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो।
ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत कपिल वाग्लेलाई सोमबार सांझ पुर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटको त्रिवेणी चोक नजिकै पैदल हिंडिरहेको अवस्थामा लु १४ प ८७५८ नं। को मोटरसाईकलले ठक्कर दिएको थियो।
मोटरसाईकलको ठक्करपछि अत्यन्त गम्भिर घाईते भएका वाग्लेको स्थानिय प्राथमिक उपचार केन्द्रमा उपचार पछि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेज ल्याईएको थियो। ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बाग्लेलाई ठक्कर दिने मोटरसाईकल चालक सुनवल नगरपालिका वडा नं। १ का दिपेन्द्र पुन मगर पनि गम्भिर घाईते छन् ।
उनको पनि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ। काठमाण्डोको बसुन्धाराका स्थायी बासिन्दा वाग्ले प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।