बुटवल-२६
आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् ।

बिभिन्न माग राखेर आन्दोलन गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ पार्टी निकट
विद्यार्थी संगठनहरु विद्यार्थी संगठनहरुले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा
तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।

सत्तारुढ विद्यार्थी संगठनहरुले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन नहुने र सेमेस्टर प्रणालीमा सन्चालन भएकोमा त्यसको खारेजीको माग गरेका थिए । क्याम्पस संचालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्वबिद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि बिद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

यस्तै आन्दोनरत विद्यार्थी संघठनहरुले भने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरी प्रवेश परीक्षाको फारम खुलाएर आन्दोलनको अवज्ञा गरेकाले क्याम्पस प्रशासनमा तोडफोड गरेको बताएका छन् ।