बुटवल-२७
लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि बिहिबार दिउँसो ३ बजे सम्मका लागि प्रस्ताव लिएर आउन आह्वान गरेका हुन्।
अविश्वासकाे प्रस्ताव पेश गर्नु अगाडी विपक्षी गठबन्धनले ४१ जना सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका थिए । यद्देपी साे दाबीमा रिट नपुगेपछि गठबन्धनकाे तर्फबाट प्रदेश प्रमुखलाई पुन: बहुमत सहितकाे दाबी प्रस्तुत गर्नु पर्ने छ ।