बुटवल-२८
बुटवल उपमहानगर पालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज लगाइँदै छ ।
बुटवलको कान्ति मा.विमा सबै वडाका नागरिकका लागि भेरोसेल दोस्रो डोज लगाउन छुटेका
सबै नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको उपमहानगरको शिक्षा तथा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
यही साउन २५ र २६ गते कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइएकोमा छुट भएका
नागरिकहरुलाई पुनः आज लगाउने कार्यक्रम राखिएको हो । विहान १० बजेदेखि सुरु हुने खोप कार्यक्रममा
पहिलो मात्रा लगाएको खोप कार्ड साथमा लिएर आउनु पर्ने तथा सबै प्रकारका स्वास्थ्य मापदण्ड पालना गर्न
महाशाखाले आह्वान गरेको छ । कोरोना पाजेटिभ भएको ४० दिनसम्म यो खोप लगाउन हुँदैन ।
बुटवल उपमहानगर बाहेक अन्य पालिका तथा जिल्लाहरुमा यसअघि भेरोसेलको पहिलो मात्रा लगाइसकेको तथा दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई समेत उपलब्धताका आधारमा लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।