लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले शंकर पोखरेल नेतृत्वले अध्यादेश मार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् ।
उनले दुरासयपूर्ण नियतबाट आएको बजेट तथा निती तथा कार्यक्रम संशोधन हुने बताए । मुख्यमन्त्रीको पदभार ग्रहण गरिसकेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री केसीले संसदबाट पारित नै नभएको बजेट स्वाभाविकरुपमा संशोधन हुने बताए ।
उनले संविधानले व्यवस्था गरे अनुसार संसदको बाटोबाट आउनु पर्ने बजेट सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट आएको टिप्पणी गर्दै त्यस्तो बजेट संशोधन हुनुलाई स्वाभाविक मान्नु पर्ने बताए । ‘संविधानत सनदको र्सोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट बजेट ल्याउने गलत मनसाय नै थियो ।’ उनले भने, ‘पेश गर्ने अनि भागेर हिँड्ने मिल्दैन, त्यो लोकतान्त्रिक अभ्यास पनि होईन ।’
उनले आफ्नो पहिलो काम बिधि र प्रक्रियालाई कार्यान्वयन गर्ने तथा प्रदेशको संरचनालाई बलियो बनाउने तर्फ केन्द्रित हुने बताए । प्रदेशबाट जनताले गरेको अपेक्षालाई देखिने गरेर पुरा गर्नु सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री केसीले सरकारका काम परिणाममुखी हुने दाबी गरे ।
घटनाक्रमले संविधानमाथि नै प्रश्न उठ्ने गरि अस्थिरता आएको उल्लेख गर्दै उनले कानुनी र संबैधानिकरुपमा सहिबाटोमा आएको अवस्थालाई निती तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे । उनले फरक फरक सिद्धान्त र विचार भएको गठबन्धन भित्र लोकतन्त्रलाई मजबुत बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने विषयमा एक मत रहेको बताउँदै उनले संविधानको सहित कार्यान्वयन नै गठबन्धनको कार्यभार भएको बताए ।
८र८ महिनाको आलोपालो सरकार संचालन गर्ने सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री केसीले आपसी समझदारीका आधारमा लोतान्त्रिक संस्कार देखाईने प्रतिबद्धता व्यक्त गरे । विपक्षी एमालेलाई लक्षित गर्दै मुख्यमन्त्री केसीले कुर्सि सिध्याउने र आफु बाँच्ने संस्कार नदेखाईने बताए । उनले सञ्चार बिधेयक विषयगत समितिमा छलफलमा रहेको बताउँदै सरोकारवाला निकायको सुझाव अनुसार संशोधन गरेर मात्र संसदबाट पास हुने बताए ।