अनखबर संवाददाता
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका ४५ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले अनखबरलाई बताए। साझं ५ बजेको समयमा घर माथिबाट खसेको पहिरोमा पुरिएको बुझिएको छ । छिमेकी मेघराज घिमिरेको घरमा प्लाष्टर गर्दैगर्दा माथिबाट खसेको पहिरोले सुनारको मृत्यु भएको बताए । पहिरोमा पुरिएका सुनारको शव थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।