वीरगञ्ज ३१
आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गर्दै वीरगञ्जमा ५० रुपैयाँमा खाना खुवाउने भोजनालय खुलेको छ ।
शनिबारदेखि सञ्चालनमा आएको भोजनालयले देशकै सबैभन्दा सस्तो मूल्यमा खाना खुवाएको दावी गरेको छ । सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्यून आर्थिक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालनमा ल्याएको हो ।
स्थानीय नेता एवम् व्यवसायी रुंगटाले भोजनालयको उद्घाटन गर्दै समुदायका विपन्न तथा गरिव वर्ग यसबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सानो पाइलाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताए ।