दाङ, साउन ३१
शनिबार मध्य रातिमा लमही नगरपालिका वडा नं. ८ उचानिम्बुस्थित गाउँमा गौसला भित्र प्रबेश गरेपछि गाइको बाच्छालाई आक्रमण गरि चितुवा निर्माणाधिन भान्सा घरमा छिरेको थियो ।

बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका स्थानीय चिरञ्जिबी खनालका अनुसार शनिबार मध्य रातिमा जंगलबीचमा निर्माण गरिएको गौशालामा रहेका गाईलाई आक्रमण पछि उक्त पोथी चितुवा पूजारीको निर्माणाधिन भान्सा कोठामा छिरेको थियो ।

पूजारीले त्यो देखेर केही समय ढोका खुल्लै रहन दिएपनि चितुवा नगएपछि ढोका लगाएर थुनेका थिए ।

त्यसरी थुनेर राखेको चितुवालाई नियन्त्रणमा लिन तथा उद्धारको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोग मागिएको थियो । आइतबार दिउँसो डिभिजन वन कार्यालय देउखुरी र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा डार्ट गरि चितुवा नियन्त्रणमा लिइएको वन्य जन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका खनालले जानकारी दिनुभयो ।

डार्ट गरि नियन्त्रणमा लिइएको खुट्टामा चोट पटक लागेको घाउहरु समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जंगलमा छोडिने भएको छ ।

उक्त चिनुवाले केही दिन पहिले मात्रै त्यहाँ एउटा बाख्राको खोरमा पसेर एकै रात नौं वटा बाख्राहरु मारेको थियो । त्यसपछि पनि उस्ले बीच÷बीचमा गाईहरु माथि आक्रमण गर्दै आएको थियो । चितुवाले निरन्तर रुपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसिद बनेका थिए ।