बुटवल साउन ३१/लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री अजय शाहीलाई नेकपा एमालेले पार्टीको ह्वीप उल्लङ्गन गरी विपक्षी गठबन्धनमा गएकोले ३ दिने स्पष्टीकरण सोधेको थियो । तर शाहीले स्पष्टीकरण औचित्यहीन र त्यसको लिखित जवाफ दिन आवश्यक नरहेको बताउनु भएको छ ।
सूर्य चिन्हबाट चुनाव जितेर गठबन्धनको सरकारमा सहभागी भएको भन्दै लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अजय शाहीलाई एमालेले २८ गते स्पष्टिकरण सोधेको थियो ।
यही बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र सांसद रहेका शाहीलाई विनाविभागीय मन्त्रीको शपथ खुवाउनु भएको थियो ।
नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग तीनदिने स्पष्टीकरण माग गरेको कुरा मिडियाबाट मात्र सुनेको मन्त्री शाहीले बताउनु भयो । एमाले पार्टीको तर्फबाट पठाइएको भनिने पत्र नपाएको र तीनदिने स्पष्टीकरण सोधिएको भन्ने कुरा सञ्चार माध्यमबाट सुन्नमा आएकोले त्यो स्पष्टीकरण औचित्यहीन भएको प्रतिकृया दिनु भयो ।
आफू स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भइ आएकोले स्वतन्त्र निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टी विशेषका ह्वीप नलाग्ने उहाँले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारका मन्त्री शाहीले आफूलाई बिनाकारण गैरकानुनी रुपमा कारवाहीको प्रक्रिया अगाडि बढाइएमा न्यायको लागि अदालतको ढोकासम्म पुग्ने बताउनु भयो । मन्त्री शाही पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ ‘ख’बाट स्वतन्त्र सांसदको रूपमा सुर्य चुनाव चिन्ह लिएर निर्वाचित हुनु भएको हो । Купите вучну батерију https://batteriesserbia.com/ за виљушкар у Србији.