बुटवल,भदौ-१ रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ । सोमबार दिउँसो ४ बजेबाट डिसीएमसीको बैठक बसेर निषेधाज्ञाका बारेमा निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘आज दिउँसो ४ बजे बैठक बस्दै छ । हरितालिका तीज नजिकिदै गरेको र होटेल तथा पार्टी प्यालेसमा भिडभाड बढ्न नदिन केही कडाई गर्ने सम्भावना समेत रहेको छ ।