बुटवल-१
वर्षासँगै गर्मि बढ्दै जांदा कपिलवस्तुका सरकारी तथा निजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको निकै भीड लागेको छ । कोरोना माहामारीका विच मौसमी विरामीले अस्पतालमा विरामीको भिड नै लागेको हो ।
अगीपछि दैनिक सरदर ६० देखी ८० जना विरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेेको अस्पतालले जनाएको छ । अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, ज्बरो, टाईफाईड लगायत रहेका छन् ।
कोरोना माहामारीका विच गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न सुझाव समेत दिएका छन् ।