अनखबर डेक्स
बुटवलको मुटु मानिने बजार मिलनचोक क्षेत्रमा ११ बर्ष अगाडीदेखी कायम भएको सरकारी बाटो कब्जा गरी व्यक्तीले निजी व्यवसाय गर्दै आएको खुलासा भएको छ । बाटो कब्जा गर्ने अरु कोही नभएर साविक वडा नंं. ११ को १० बर्षसम्म वडाअध्यक्ष निर्वाचित भई बरिष्ठ समाजसेवीको उपमा पाएका कान्छा बाजे उर्फ सालिकराम भट्राईले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका हुन् ।
बुटवल उपमहानगरपालिका साविक ११ नम्बर वडामा पर्ने सो जग्गा हाल वडा नं. ९ स्थित मनकामना टोल विकास संस्था अन्तर्गत रहेको रम्भादेवी पथको झण्डै ५०० मिटर लामो सडकको प्रवेश विन्दुमै गेट लगाई बर्षाैदेखी मोटरसाईकल मर्मत केन्द्र संचालन गरिएको छ । यामाहा मोटरसाईकलको सोरुम र मर्मत केन्द्र रहेको एकै लाईनमा ममर्त केन्द्र संचालानार्थ ठूलो फलामे गेट बनाईएको छ र साडईमा व्यवसायकै खातिर ठूलो पर्खाल लगाईएको छ ।
२० फुटे बाटो कायम भएको सो स्थानमा बाटोको कुनै निकास छैन, दिनभर मोटरसाईकल मर्मतको भीड हुन्छ रात परेपछि गेटको ढोका लागिहाल्छ, सोही बाटोको उचित निकास नहुँदा बर्षात्को समयमा यो बाटोमा बनेका घरहरु डुबानमा पर्ने गर्छन । यता सो बारेमा वडा कार्यालयले पटकपटक छलफलको लागी बोलाएपनि सालिकराम भट्राई नआएको र सामाजिक विषय टुङ्गयाउन गारो भएकोले सडकको विवादलाई नगरपालिकाको न्यायिक समिति पठाईएको वडा नं. ९ का वडाअध्यक्ष विष्णुकुमार थापा बताउँछन् ।
यता नापी कार्यालय बुटवलको नक्शामा प्रष्टसँग बाटो उल्लेख भएको देखिन्छ । सीट नंं ०९८११५८२५ को कित्ता नम्बर १७४ र ९ उल्लेख भएको सो क्षेत्र सरकारी बाटो कायम २०६७ सालमा नै भएको देखिन्छ । सो क्षेत्र सरकारी बाटो भएको र कसैले बलमिच्च्याईले आफ्नो व्यवसाय सञ्चालन गर्न नपाईन नापी कार्यालयको भनाई छ । अमिन उद्दब न्यौपानेका अनुसार ‘बाटो पूर्ण रुपमा सरकारी बाटो हो, २०६७ बैशाख २७ गतेको तोकआदेशमा नेपाल सरकारको नाममा बाटो कायम भएको छ ।’
सो विषयलाई लिएर वडा कार्यालयमा मनकामना टोल विकास संस्थाको नामबाट निवेदन परेपनि व्यवसायको नाममा सरकारी सडक कब्जा गर्र्ने व्यवसायी छलफलको लागी जतिपटक बोलाएपनि जादैनन् । सरकारको स्वामित्वमा रहेको बाटोको निकास नहुँदा मर्मत सम्भारलाई आएको पटकपटकको बजेटसमेत त्यत्तिकै फ्रिज हुँदै गएको स्थानीय बासिन्दाको गुनासो छ । टोल विकास संस्थाले पटकपटक छलफलको लागी आव्हान गरेपनि सकेको गर्न भन्दै धम्की दिने गर्ने गरेको स्थानीयहरु बताउँछन् । २०४९ सालदेखी समाजसेवी बनेका सालिकराम त्योभन्दा अगाडीका जग्गा व्यापारी हुन्, अर्बाैपति भएर पनि सरकारी बाटो मिचेर, कसैले भनेर हटाउदिन, सकेको गर भन्दै थर्कमान गराउने भट्राईले सरकारी सम्पत्तिलाई आफ्नै विर्ता ठान्छन की ? सरकारको स्वामित्वमा गैसकेको यो जग्गा डेढ दशकदेखी कब्जा गर्दा राम्रै आम्दानी गरे होलान् । सालिकराम भट्राईका छोरा तेजु भटराईले अहिले यामाहा मोटरसाईकलको सोरुम र ग्यारेज चलाउँछन अझ त्यो पनि सरकारी बाटोमा गेट राखेर, पर्खाल लगाएर मनपरी गर्छन अझ दम्भ भने मैले भत्काउन्न सकेको गर्नुस भन्न पछि पर्दैनन् । https://bcasino.io/
उक्त बाटोमा २५ भन्दा धेरै घरहरु छन्, यि सबैलाई बाटोको निकास नभएकोप्रती शास्ती त छदैछ, बाटोको बारेमा मिडियामा समेत बोलेमा झन नराम्रो हुने भट्राई परिवारले धम्की दिएपछि त कोही स्थानीयबासी समेत मिडियामा देखिन चहादैनन । अहिलेको यो समयमा पनि सरकारी बाटो रोकेर व्यवसाय चलाउँदै जनता थर्काउदै गर्दा कोही बोल्न नहुने पञ्चायति शासन सैली भट्राई परिवारले मनकामना टोलभरी फैलाएको छ । बल्लतल्ल एउटा निवेदन नगरपालिकामा पुगेपछि नगरपालिकाको न्यायीक समितिले १५ दिनभित्र उत्तर मागेपनि अहिलेसम्म कुनैपनि प्रतिक्रिया जनाएका छैनन् । वुटवल उपमहानगरका उपमेयर एवं न्यायीक समितिका संयोजक गोमा आचार्यले सरकारी बाटो कब्जा गर्नु गैरकानुनी भएको र यसलाई न्यायीक समितिमार्फत हल गरिने बताउँछिन ।
बर्षाैसम्म सरकारीबाटो कब्जा गरेर निजी व्यवसाय संचालन गर्दै आएका भट्राई परिवारको ज्यादतीविरुद्ध सरोकारवाला निकाय नै मौन बस्नु आश्चर्यजनक विषय हो । शक्तिको आडमा सरकारी सम्पत्ति कब्जा गरी व्यक्तिगत लाभ लिने उद्देश्यले बर्षाैसम्म व्यवसाय गरिरहने र स्थानीयले विषय उठाउँदा दादागिरी देखाउँने पञ्चायति शैली भट्राई परिवारले देखाईरहेका छन् । यता राष्ट्रिय सम्पतीमाथि कब्जा गर्नेलाई मुलुकी अपराध संहिता २०७४ ले सरकारी सम्पत्तिमाथी कुनै किसिमले कब्जा गरी भोगचलन गर्न नहुने र त्यस्तो कसुर गरेमा तीन बर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।