बुटवल-२
लुम्बिनी प्रदेशसभाकाे आजकाे बैठक भाेली सम्मकाे लागि स्थगित भएकाे छ । नेकपा एमालले बिराेध जनाउँदै राेष्टम घेराउ गरेर बिराेध गरेसंगै बैठक भाेली १ बजे सम्मकाे लागि स्थगित भएकाे हाे। एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।