काठमाडौँ-२
बाग्मती प्रदेशले एकै कार्यकालमा दोस्रो मुख्यमन्त्री पाउने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेरिएसँगै बाग्मतीमा पनि मुख्यमन्त्री परिवर्तन हुने भएको हो । दुई प्रदेशमा सत्तारुढ एमालेलाई हटाएर अर्को पार्टीका नेता मुख्यमन्त्री बनेपनि बाग्मतीमा भने एमालेबाटै मुख्यमन्त्री चयन हुने निश्चित भएको छ । एमाले संसदीयदलले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेपछि अव प्रदेशमा मुख्यमन्त्रीमा शाक्य नियुक्त हुने भएकी हुन् ।
मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि एमाले संसदीयदलले सर्वसम्मत शाक्यलाई दलको नेता बनाइएको हो ।
हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ ।