बुटवल-३
जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १८९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १६, तिलोत्तमा नगरपालिकामा ८ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन, सुद्धाेधन र सम्मरीमाइ गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा एक जनाकाे ज्यान गएकाे छ । हालसम्म जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४५६ रहेको छन्।