वुटवल , ३ भदौ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान लाई छिन्नभिन्न पार्न खोज्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्नै पार्टिलाई नै सिध्याएको बताउनु भएको छ ।

प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीलाई
ओली सिध्याएको छट्पट्टीमा गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरेको टिप्पणी गर्नुभयो ।

संविधानको रक्षा सर्वोच्च अदालतबाट भएको उहाँले बताउँदै यसले प्रतिगामी तत्वको हार भएको दाबी गर्नुभयो । अहिलेको गठबन्धनलाई कसैले भत्काउन नसक्ने मुख्यमन्त्री केसीले दाबि गर्दै संघिय सरकारसग सहकार्य गर्दै स्थानिय सरकारलाई बलियो बनाउदै समृद्धि लुम्बिनी ,खुशी जनताको नारालाई साकार गरिने बताउनुभयो । यस्तै लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला, योजना मन्त्री कृष्ण ध्वज खड्काले गठबन्धनको सरकारले शाझा कार्यक्रमहरू प्रस्तुत गरेर नयाँ ढंगले प्रदेशलाइ समृद्ध बनाउन तर्फ अघि बढ्ने वताउनु भएको छ । नेकपा एमालेले अहिले प्रदेशमा संसद अबरुद्ध गरेको प्रति उहाँले सहमति, सहकार्य र छलफलबाट अघि बढ्न सकिने बताउनुभयो । प्रवक्ता खड्काले अहिलेको गठबन्धनको सरकारले छिट्टै विश्वासको मत लिने र गठबन्धन लाई मजबुद बनाउदै अघि बढ्ने जानकारी दिनुभयो ।