काठमाडौं-४
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
१७ हजार ६५४ जनामा गरिएको परीक्षणमा ३ हजार बढी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा २०७९ जना रहेका छन् ।
यसै अवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार २४४ रहेको छ । यस्तै २६ जनाको मृत्यु भएको छ ।
नेपालमा आज ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १० हजार ४४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।