अनखबर
सामाजिक काममा सक्रिय लायन्स क्लब अफ बुटवल बेल्बास सिर्जनशिलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको चरम अवस्था आउँदै गर्दा ब्लड बैंकहरुमा रगतको कमी हुन नदिनको लागी सो रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सिता पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा डिस्ट्रिक ३२५वि२ नेपालका सेकेण्ड भिडिजी पिएमजेएफ लाय नवराज न्यौपानेले कोरोना महामारी फैलिएपछि विश्वभर अन्य रोगका विरामीहरुले समेत रगत नपाउने अवस्था सिर्जना भएकोले सम्पूर्ण सामाजिक संस्थाहरुले रक्तदान मार्फत रगत संकलन गरी जीवन बचाउनुपर्ने बताए ।
उनले लायन्स क्लब अफबुटवल बेल्बास सिर्जनशिलले गरेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक काम गर्न सुझाएका थिए । कार्यक्रममा जिल्लाका कोचिफ एडभाईजर पुरुषोत्तम प्रधान, डिस्ट्रिक चिफ (जिएमटी) लायन दिपक कुमार श्रेष्ठ, एओजी शिवलाल उपाध्याय, रिजन सुस्मा केसी, ओमकार आचार्य लगायत लायन्स अग्रजहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको थियो भने, सो रगत ब्लड बैंक बुटवललाई हस्तान्तरण गरिएको थियो । संस्थाले महामारीबाट बच्नको लागी सचेत भएर स्वास्थ्य मापदण्ड पालन गर्नसमेत अपिल गरेको थियो ।