५० बर्ष लगानी गरेर बनाएको नेकपा एमाले एकजना व्यक्तीसँगको टकरावकै कारण कार्यदिशाको बहस र छलफल नभईकन माधव नेपालले यसै छाडेका छन्, यसको पछाडी न उनलाई ठूलो दल हुनसक्ने आशा छ न त कुनै नयाँ कार्यक्रम ल्याएर लोकप्रियता पाउने नै उनको एउटै आधार प्रचण्ड हुन् ।
स्थानीय तहको आगामी निर्वाचन अगाडि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत (समाजवादी) बीच पार्टी एकता हुने झण्डै पक्कापक्की छ ।

नेपालका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने हेतुका साथ प्रचण्ड र माधव पार्टी एकताको लागि आधारभूत रुपमा एकमत भएका छन् । हालै भएको एक भेटमा प्रचण्ड–माधव पार्टी एकताका लागि सहमत भएको माधव पक्षका एक केन्द्रीय सदस्यले बताए ।
‘हामीले एक्लै चुनाव लड्नका लागि र एउटा हाम्रो पनि पार्टी छ भन्नका लािग पार्टी खोलेका होइनौँ’ एमाले समाजवादीका एकजना केन्द्रीय सदस्य भन्छन्, ‘मुल कुरा भनेको नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत बनाउने हो, हालैको एक भेटमा पनि अध्यक्षद्धय प्रचण्ड र माधव कमरेड एकताको लागि तयार हुनुभएको छ ।’
पार्टी एकता अगाडि नै माधव नेपालले देशभर आफ्नो पार्टीको संगठन बनाउनेछन् । ती केन्द्रीय सदस्यले थपे, ‘हामी पहिले देशैभर संगठन बनाउँछौँ, त्यसपछि जनवर्गीय संगठनहरु पनि बनाउँछौँ र त्यसपछि मात्रै एकताको प्रक्रिया हुन्छ ।’
प्रचण्डले पनि माओवादी एकताको मात्रै झण्डा उठाएर मुलुकको स्वाधीनतासँगै जनताको हित हुन नसक्ने भन्दै कम्युनिष्ट पार्टीहरुबीचको एकताको झण्डा उठाउनुपर्ने बताउँदै आएका छन् ।
प्रचण्ड र माधव नेपाल आफूहरुको मात्रै पार्टी एकता नभएर अन्य कम्युनिष्टहरुबीच पनि एकताको लागि प्रयास गर्ने निष्कर्षमा छन् ।
यसैबीच जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सके पार्टी एकता नभए गठबन्धन बनाएर बनाएर जान सहमत भएका छन् । बाबुराम र उपेन्द्रले पार्टी एकताको लागि सम्भव नभएको खण्डमा संयुक्त मोर्चा बनाएर जानुपर्ने पक्षमा छन् । dubailove24

Upendra Yadav


नेपालको कम्युनिष्ट आन्दोलनबाट आजित भएर नयाँ शक्ती हुँदै जसपाको नेता बन्न पुगेका बाबुरामसँग प्रचण्डको पुरानो हिसाव छ, उसो त उपेन्द्रपनि प्रचण्डबाट धेरै टाढा पुगेका मान्छे हैनन, माधव नेपाललाई त प्रचण्डले लगाएको गुनको पैचो तिरेर नसकिने छ । यसरी हेर्दा फेरी नेपाली राजनीतिको एउटा मियो बनेर प्रचण्ड उभिने सम्भावना बलियो छ, यदि यी तिन दलविच पुन एकता गर्न सकेभने फेरी बामपन्थी आन्दोलनमा प्रचण्डको अर्काे सफलता मानिनेछ ।