बुटवल-७
नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने स्पष्ट पारेको छ ।
मुख्यमन्त्री केसीले विश्वासको मत लिएपछि एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले अवैधानिक सरकारलाई मान्यता दिन नसकिने बताएका हुन् ।
ढकालले संसदमा आज नाटक देखाइएको बताउँदै यस्तो सरकारलाई मान्यता दिने प्रश्नै नआउने बताए । उनले भने, ‘सरकार असंवैधानिक छ । बन्दा पनि अवैधानिक ढंगले बनेको हो । आज प्रदेशसभामा विश्वासको मत लिने नाटक गरिएको छ । यो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा हुँदैन । हामीले वैधानिक सरकारको मान्यता दिन सक्दैनौं ।’
अब पनि संसद अवरुद्ध नै गर्ने एमालेले जनाएको छ ।