लुम्बिनी प्रदेश सभा सदस्य विमला ओली खत्री केही समयदेखी चर्चामा छन् । प्रदेशको सरकार ढलाउनलाई मुख्य भूमिका खेलेकी ओली कहिले एमाले त कहिले माओवादी भन्दै सुरुदेखी दुईधारको मझधारमा दौडिएर चर्चा पाईन। पछिल्लो समय एमालेले जबरजस्ती बन्धक बनाएर राखेको आरोप लगाएर माओवादी केन्द्रको शरणमा पुगेकी उनी मन्त्रीको लाईनमा छिन्, उनको मन्त्रालय र विभाग भने छुटिसकेको छैन । यसैविच केही समय अगाडी एकजना माओवादी निकट युवासँग आलिंगन गरेको फोटो भाईरल भएसँगै उनी फेरी चर्चामा आएकि थिईन, उनलाई एमाले छोडेपछि निरन्तर प्रहार भैरहेको माओवादी निकटको दाबी छ । उनलाई खेद्ने क्रममा फेरी पारिवारिक किचलो थपिएको छ । खत्री बिरुद्ध दाङ जिल्ला अदालतमा अंश मुद्धा परेको छ।बिमला वली खत्री का दुई छोराहरु प्रणय वली र दिवाकर वलीको तर्फबाट उनीहरुका साहिलो बुवा अमर बहादुर वलीले उक्त मुद्दा दर्ता गरेका हुन्, दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउ पालिका वडा नं ६ लेटारका रत्न बहादुर ओलीको छोरा अमर बहादुर वलीले नावालक छोराहरु १२ बर्षीय प्रणय वली र ९ बर्षिय दिवाकर वलीको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए।
श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्धाको दर्ता नं ०७३ (०७८ (००३६२ रहेको छ। निवेदकले बिपक्षी बिमला कुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पतीको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पतीको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गर्दै निवेदन पेश गरेको बताईएको छ।
निवेदक अमर बहादुर वली बिमला खत्री वलीका जेठाजु तथा स्वर्गीय उत्तर कुमार वलीका सहोदर साहिलो दाजु हुन्।
निवेदक ओलीले पछिल्लो बिकसित घटनाहरुले आफुलाई बिमला वलीबाट उत्तर कुमार वलीका नावालक छोराहरुको सम्पतीको असूरक्षा देखिएकोले सम्पतीको संरक्षणका लागि अदालत पुगेको बताए।बिमला सम्पर्कमा आएको भए त्यो अवस्था हुदैनथ्यो होला तर उनी ४ महिना देखि हाम्रो सम्पर्कमा छैनन् त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो उनले भने। अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई थाहै छ पछिल्लो पटक सामाजिक सञ्जालमा भाईरल भएको घटनाक्रमले हामीलाई ससंकित बनायो त्यसैले निवेदन पेश गरेको हुं उनले थपे।नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तर कुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उप निर्वाचनमा तत्कालिन नेकपाको तर्फबाट निर्वाचित बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र रोजेकि थिईन् ।