काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो ।
‘आजको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ,’ उनले भने । विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।

सोमबारको छलफलमा यसअघि एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् ।

उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।