बुटवल-८
सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको नेकपा एमाले आरोप लगाएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री कुलप्रसाद केसीले सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन गरेको बताएका हुन् ।
‘भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद के सी ले प्रदेश सभामा विश्वासको मत लिएको हास्यास्पद समाचार बाहिर आएको छ । प्रतिपक्षले बहिष्कार गरे र खाली भएको प्रदेश सभामा सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।
साथै एमालले विश्वासको मत लिनुभन्दा २४ घण्टा पहिले सबै प्रदेश सभा सदस्यलाई जानकारी गराउनु पर्नमा सदस्यहरुलाई थाहानै नदिइ नियमावलि उल्लंघन गरी प्रमुख प्रतिपक्षको मागलाई वेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोच अनुसार भएका क्रियाकलापलाई स्विकार्य नहुने जनाएको छ ।