नेपालगन्ज-९
झण्डै १ महिना शुन्य मृत्युको अवस्थामा पुगेको बाँकेमा भाद्र लागेपछि कोरोना संक्रमितको मृत्युको संख्या बढ्न थालेको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बाँकेका १ जना र दाङका १ जना संक्रमितको गयराती मृत्यु भएको हो ।

कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार भाद्र ५ गते भेरी अस्पताल भर्ना भएका राप्ती गाँउपालिका ३ दाङका ८४ वर्षिय पुरुषको मंगलबार राती ९ बजे मृत्यु भएको थियो भने साउन २९ गते भेरी अस्पताल भर्ना भएका राप्ती सोनारी गाँउपालिका ३ बाँकेका ४३ वर्षिय पुरुषको मंगलबार राती ९ः३० बजे मृत्यु भएको हो ।

बाँकेमा उपचाररत संक्रमितको आज थपिएको मृत्युको संख्या समेत गरि बाँकेका ३२८ जना र बाँके बाहिरबाट बाँकेमा उपचार गर्न आएका ३९७ जनाको मृत्यु भईसकेको छ ।

भाद्र लागेपछि संक्रमितको संख्या दिनप्रति दिन बढ्न थालेको छ ।