सिन्धुपाल्चोक-९
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने दुई जना हराइरहेका छन् ।

ठोकर्पाबाट काठमाडौँका लागि छुटेको बस बिहान ११ः३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।
दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइ रहेको र र दुई जना गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिए ।