बुटवल-
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक सधारण सभा सम्पन्न गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना जोखिमलाई मध्यनजर गर्दै शनिबा विद्युतीयरभर्चुअल माध्यमबाट र सम्पन्न साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक वित्तीय विवरण, नाफारनोक्सान हिसाव तथा नगद प्रवाह विवरण ९अनुसूची सहित० उपर छलफल गरि पारित गर्ने पनि निर्णय गरेको हो।
सभाले संस्थापन समूह ९क० अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र वैंक बाहेकका वैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरि आपसी समझदारीबाट मनोनित वा निर्वाचित २ जना सञ्चालक चयन गर्ने निर्णय पनि पारित गरेको छ । यस्तै, सर्वसाधारण समूह ९ख० अन्तरर्गतका शेयरधनीहरुमध्येवाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने निर्णय गरेको छ ।
यसैबीच, छैठौं साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने सञ्चालक समिति गठन गरिएको छ । जसको संस्थापक तर्फबाट अध्यक्षमा चण्डीप्रसाद घिमिरे रहेका छन् । यस्तै, संस्थापक सञ्चालकतर्फ सुदीप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल गरेका छन् । त्यसैगरि सर्वसाधारण तर्फ मनोजकुमार खड्का र भरतराज कोइराला रहेका छन् ।