अनखबर संवाददाता
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलका मुख्य तथा भित्री सडकको दुरावस्था भएको महिनौं भइसकेको छ।
महिनौंसम्म सडकको यो अवस्था हुदा सरोकारवाला निकायहरू बुटवल उपमहानगरपालिका, सडक डिभिजन कार्यालय र प्रदेश सरकार भने देखेको नदेखे झैं गरिरहेका छन् ।सडकमा यात्रूले सहज यात्रा गर्न पाएका छैनन् भने सडककै कारण सवारी दर्जनौं दुर्घटना भईसकेका छन् ।
दैनिक हजारौं गाडी ओहोरदोहोर गर्ने मुख्य राजमार्गको यस्तो हालत हुदा न त मुख्यमन्त्री कुल प्रसाद केसी बोल्छन्, न त बुटवल उपमहानगरपालिकाका प्रमुख शिव प्रसाद सुवेदी !
समृद्धिको भाषण रटान गरेर नथाक्ने केसी र सुवेदी यो सडक हुदै दैनिक कैयौं पटकपटक ओहोरदोहोर गर्छन् तर सडकको यो दुर्दशा बारे न त कुनै पहल गर्छन् न त कतै चुईक्क बोल्छन् ।
बुटवलको मुख्य राजमार्गको अवस्था यस्तो अवस्था छ भने बुटवलमा भित्री बाटाहरुको अवस्था कस्तो होला ।
सडक डिभिजन कार्यलयले समेत गम्भीरतापूर्वक नलिएको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।