आउँदा सामान्य खोलाहरुमा गडगड हरेकदिनजस्तै गर्दथ्यो, तर शनिबार मध्यरातीदेखी बुटवलको ज्योतिनगर आसपासका बस्तीहरुमा चुरेक्षेत्रबाट ठूलो मात्रामा ढुंगा र लेदोसहितको पहिरो झर्याे, पहिरो घरभित्रै पसेपछि राती नै भागभाग भयो, पहिरो आउने क्रम अझै जारी छ बुटवलको ज्योतिनगर बस्ने रोहन श्रेष्ठले भने ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ३ ज्योतिनगरका झण्डै २० भन्दा बढी घरहरुमा क्षती पु¥याएको छ भने, ३० घरका सामानहरु सुरक्षित स्थानमा सा सारिएको छ ।
घरहरुमा पहिरो पसेपछि विहानैदेखी नेपाल प्रहरी, र नेपाली सेनाको टोलीले उद्दार तथा जोखिमपुर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारेका थिए । यस्तो हुँदासम्म स्थानीय सरकारका जनप्रतिनिधीहरु कोही नआएको र सुरक्षित स्थानमा सार्न पहल नगरेको स्थानीयको गुनासो थियो ।

अबिरल आएको वर्षाका कारण आएको बाढी र पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर उच्च जोखिममा परेको छ । लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासको दर्जनौं घरहरु जोखिममा परेका छन् ।

पहिरो गएको क्षेत्र बुटवलको उत्तरी क्षेत्रमा पर्छ, चुरे डाडाँको फेदीमा रहेको बस्तीमा हरेकबर्षजस्तै बाढी आउने जोखिम उच्च रहन्छ, यसअगाडी २०५५ सालमा आएको बाढीले सोहि ठाउँका ५ दर्जन घरहरुमा क्षती पु¥याएको थियो, अहिलेको पहिरोले विगतमा भन्दा बढी क्षती पु¥याएको छ । चुरे भावर क्षेत्रको संरक्षण गर्नुको सट्टा जोखिमपुर्ण क्षेत्रहरुमा घर बनाउन स्वीकृती दिदाँ पनि यो समस्या भएको हो । चुरे क्षेत्रलाई संरक्षण नगर्ने हो भने यसले यो भन्दा धेरै क्षती निम्त्याउन सक्छ, लेदोसहितको पानी आईरहेकोले ठूलो पानी पर्नासाथ फेरी जोखिम बढ्ने हुन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस