बुटवल-१३
अबिरल आएको वर्षाका कारण आएको बाढी र पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर उच्च जोखिममा परेको छ ।
लगातार भएको वर्षाका कारण ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका १९ बढी घरहरुमा क्षति पुगेको छ भने दर्जनौं घरहरु जोखिममा परेका छन् ।
बिहान ६ बजेको आसपासमा खसेको पहिरो र पहिरोसँगै बगेको लेदो नगरका अधिकांस घरभित्रै पसेको छ । पहिरो आउने क्रम अहिले पनि जारी रहेकाले बस्तीमा थप जोखिम हुने देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारिरहेको छ ।
आज बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुबाट उनीहरुलाई उद्दार गरिरहेको छ ।
एकतले घर भएका स्थानीयको खाद्यान्ह लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा बाढी पसेको छ ।
यसैस्थानमा अघिल्लो वर्ष बाढीका कारण केहि घर भत्किनुका साथै पशुचौपाया बाढीले बगाएको थियो ।
२०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।