बुटवल-१४
अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा क्षति पु¥याउने क्रम आज पनि जारी रहेको छ । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको छ ।

आज बिहनै देखि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएका कारण त्यस क्षेत्रमा थप जोखिम उत्पन्न भएको छ । आईतबार देखि निरन्तर बगेको बाढी नरोकिएकाले क्षति न्युनिकरणमा प्रयास थाल्न नसकिएको प्रहरीले जनाएको छ । आईतबारबाटै उद्दार र स्थानान्तरमा खटिएको नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले केहि स्थानीयबासीलाई बुटवल बहुमुअी क्याम्पसमा सारेको छ । स्थानीयबासीहरु बहुमुल्य सामान लिएर सुरक्षित स्थानतर्फ आफैपनि सरिरहेका छन् ।

आइतबार बिहान उज्यालो भएपछि मात्र पहिरो खसेकाले घरमा रहेका स्थानीयहरु भागेर सुरक्षित स्थानमा पुगेकै कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।