बुटवल-२०
बुटवलको राजमार्ग चौराहामा रहेको एक पसलमा आगलागी भएको छ। प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। क्याप हाउसबाट शुरु भएको आगलागी अन्य ४ वटा पसलमा पनि क्षती पुगेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको हो।

बुटवल उपमहानगरपालिकाका २, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाले सञ्चालन गरेको १ गरी ५ दमकलको मद्दतबाट आगो नियन्त्रणमा आएको हो। क्याप हाउस सहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको हो । क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षति पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

सर्ट सर्टिकटको कारणले आगलानी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । क्षतिको भने विवरण आईनसकेपनि कराेड बढिकाे क्षातिकाे अनुमान गरिएको प्रहरीले जनाएको छ ।