असोज १ गतेदेखि काठमाडौं जिल्लाका सबै विद्यालयहरु खुल्ने भएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै सरकारी र निजी विद्यालयलाई कोभिड प्रोटोकल पालना गर्दै खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।भदौ १६ गते बसेको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गर्नुपर्ने भए प्रशासनको अनुमतिमा कोभिड प्रोटोकल पालना गर्दै संचालन गर्न सकिने निर्णय गरेको थियो ।
तर, घटेको संक्रमण र मृत्युदरलाई मध्यनजर गर्दै विद्यालयलाई भौतिकरुपमै संचालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।