आईतवार भदौ २२, २०७८
नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका वडा नं ५ को सभापतिमा रमेश डुम्रे निर्विरोध निर्वाचित हुनुभएको छ ।
वडामा लोकप्रिय छवि बनाएका डुम्रे जिल्ला स्तरमा समेत चर्चित युवा नेताको रुपले चिनिन्छन् ।
जनताका समस्यामा सधैं घरदैलोमा पुग्ने डुम्रे सरल स्वभाव र सबै संग मिलनसार नेताको रुपमा आफ्नो छवि बनाएका छन् ।
डुम्रेको सभापतित्वमा यस्तै उपसभापतिमा क्रमश मीन प्रसाद अधिकारी र ऋषिराम कडेल,सचिवमा बाबुराम भण्डारी र हरी प्रसाद पाण्डे, सहसचिवमा बुद्धि प्रसाद डुम्रे(ध्रुव) र रिसभ गैह्रे रहेका छन् भने
१८ सदस्यीय वडा समितिमा क्षेत्रीय प्रतिनिधिहरुमा गिरिराज पाठक,सुर्यमणी पाण्डे,कुल प्रसाद लामिछाने,रामलाल तिवारी लगायत छन् ।
कांग्रेस तिलोत्तमा नगरपालिकाको १७ वटा वार्डमा अधिबेशन सम्पन्न गरी निर्वाचित वडा सभापतिहरुको नामावली क्रमशः यस प्रकार छन्
सभापति वार्ड न:-१ जोवान सिंह ठकुरी
सभापति वार्ड न:-२ पुर्ण बहादुर खत्री
सभापति वार्ड न:-३ केशरी पाण्डे
सभापति वार्ड न:-४ किशोर सुवेदी क्षेत्री
सभापति वार्ड न:-५ रमेश डुम्रे
सभापति वार्ड न:-६ युवराज भण्डारी
सभापति वार्ड न:-७ दिप पंगेनी
सभापति वार्ड न:-८ केशवराज अर्याल
सभापति वार्ड न:-९ ध्रुव न्यौपाने
सभापति वार्ड न:-१० मानबहादुर गुरुङ
सभापति वार्ड न:-११ तेजबहादुर कुँवर
सभापति वार्ड न:-१२ छोटेलाल यादव
सभापति वार्ड न:-१३ नारायण ढकाल
सभापति वार्ड न:-१४ चुरामणि भुषाल
सभापति वार्ड न:-१५ शेरबहादुर थापा
सभापति वार्ड न:-१६ झविलाल भुषाल
सभापति वार्ड न:-१७ सन्तु बस्नेत रहेको
नेपाली कांग्रेस तिलोत्तमा नगर समितिका सहसचिव सन्जीव बस्यालले बताएका छन् ।