दाङ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३्०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ ।
प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नेछन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो जनाएको छ।