विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौको अन्तिम हप्ता २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीले भदौ २३ गते बुधबार देशव्यापी कोणसभा,२५ गते देशव्यापी विरोध प्रदर्शन,
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने,
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने,
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा२३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।
यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले अनखबरलाई बताउनु भयो ।