ध्रुव गौडेल/अनखबर संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा आज एक कार्यक्रमका विच जिल्ला सम्पर्क कार्यलय उद्घाटन गरेको छ ।
सदरमुकाम पुतलीबजारको मुख्यचोक नजिकै कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा-पर्वत जिल्ला ईन्चार्ज विकिरणले आफ्नो पार्टी जनताका एजेन्डामा प्रतिबद्ध भएको जिकिर गरेका छन् ।
विकिरणले पछिल्लो समय देउवा नेतृत्वको सरकारले एमसीसी परियोजना पास गर्ने तयारीमा लागेको भन्दै यसको सशक्त प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
उनलेे बढ्दै गएको भ्रष्टाचार र अनियमितता प्रति पार्टी कठोर बनेर लड्ने समेत जिकिर गरे ।
गत फाल्गुनमा केपी ओली नेतृत्वको सरकार संग ३ बुदे सहमति पछि खुला राजनीतिमा सक्रिय रहेको नेकपाले पछिल्लो समय देशभरका जिल्ला सदरमुकाममा पार्टी सम्पर्क कार्यलय स्थापना गरिरहेको छ ।
संसदीय व्यवस्था असफल भएकाले जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादी व्यवस्थामा जान छलफल तथा बहस चलाईरहेको नेकपाले आम बुद्धिजीवी,राजनीतिक दल,नागरिक समाज,पत्रकार र सर्वसाधारणमा बहस चलाउदै आएको छ ।
जिल्ला सम्पर्क कार्यलय उद्घाटन कार्यक्रमको अध्यक्षता तथा सञ्चालन जिल्ला सेक्रेटरी सुजनले गर्नुभएको थियो ।