बुटवल-२३
गत वर्ष जस्तै यस वर्षपनि कोरोना संक्रमणका कारण दर खाने कार्यक्रम प्रभावित छ । अर्थात् विश्वव्यापी कोरोना महामारी जारी छ,स्वास्थ्य सावधानी र सामाजिक दूरी आवश्यक छ। तर, घरमै दर खाने कार्यक्रम भने सुरु भइसकेको छ। नेपाली महिलाहरूको महान तथा महत्वपूर्ण पर्व हरितालिका तीज अन्तर्गत आज दरखाने दिन हो। हरेक वर्ष तीजको एकदिन अगाडि दर खाने प्रचलन रहँदै आएको छ। धार्मिक तथा परम्परा अनुसार यो दिन माइती पक्षले आफ्ना चेलीहरुलाई बोलाएर विशेष दर वा परिकार खुवाउने प्रचलन रहेको छ। करिब डेढ वर्षदेखि जारी महामारीले गत वर्षको तीज लगाएतका पर्वहरुलाई निकै प्रभाव पारे जस्तै यस वर्षपनि जारी छ । हाल पनि कोरोना संक्रमण र जोखिम भने कायम नै छ ।

प्रशासनले यस वर्षपनि महिलाहरु भेला भई सार्वजनिक स्थलमा दरखाने नाचागान गर्नमा निषेध गरेको छ । यद्यपि आज देशभर दरखाने कार्यक्रम गरी यो पर्व मनाइँदैछ । विभिन्न मिष्ठान्न परिकारका साथ आज बुधबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरूले दरखाने प्रचलन छ । भोलि बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दरखाने परम्परा छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरूले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकारका रूपमा खाने चलन भएको छ । तर, पछिल्ला वर्षहरुमा खानपिनका परिकारमा भने धेरै परिवर्तन भएको छ। हाल दर कार्यक्रममा विशेषगरी माछा,मासु,मिठाई,फलफूल लगाएतका परिकार खाने प्रचलन छ। दर खाने कार्यक्रमको अर्कोदिन नारीहरु व्रत बस्ने गर्दछन् । सुखी दाम्पत्य जीवन रआफ्ना सन्तानको सुखका लागि पानी पनि नखाई लिइने यो व्रतप्रति महिलाहरूको बढ्दो आकर्षणले उनीहरूको प्रेम र ममताको संवेदनशीलता देखाउँछ।

पछिल्लो समय तीज महिला र पुरुषबीच साझा रुपमा मनाउने गरेतापनि यो विशेषतः महिला केन्द्रित पर्व हो । महिलाहरुको स्वतन्त्रता,स्वाधिनता ,सन्देशहरुको प्रवाह गर्ने अवसर पनि हो। आधा आकाश मानिने महिलाहरु यस पर्वमा खुलेर गाउने,नाच्ने आफ्ना दुःख,सुख व्यक्त गर्नुका साथै धार्मिक,सामाजिक,यौनिक सन्दर्भमा सन्देश पनि प्रवाह गर्दछन् ।

अवसर हुन् तसर्थ यस वर्षको हरितालिका तीजले पनि वर्तमान विषम परिस्थितिको सामना गर्दै कोरोना माथि विजयी गर्दै आउने हरेक संकटको सामना गर्ने शक्तिको स्रोत,आधार र विश्वास् बनोस् । उच्च स्वास्थ्य सतर्कताका साथ हरितालिका तीज मनाऔं भन्ने आग्रहका साथ सम्पूर्ण नेपाली नारीहरुसहित देशभरका सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।