पोखरा 23 अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आईरहेको छ ।
सरकारले जनभावना र राष्ट्र हित विपरित रहेको एमसीसी सम्झौता संसदबाट पारित गर्न जोडबलमा लागिपरेको विरोधमा आज पोखरामा २२ दलिय संयुक्त मोर्चा अन्तर्गत कास्की जिल्लामा पनि विरोध प्रदर्शन गरेका छन् ।

पोखराको चिप्लेढुङ्गामा आयोजित कोणसभामा एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले चर्को रुपमा विरोध प्रदर्शन गरेका हुन् । सो विरोध प्रर्दशन कार्यक्रममा सहभागी प्रदर्शनकारीहरुले राष्ट्रघाती सम्झौता खारेज गर, दलालहरु होसीयार, नो एमसीसी, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन दबाब दिने उद्देश्यले उक्त परियोजनाका उपाध्यक्ष फातिमा सुमारसहित उच्च अधिकारीका टिम अमेरिकाबाट नेपाल आउन लागेको र सत्ता पक्षले जबरजस्ती राष्ट्र हित विरुद्ध कदम चाल्न लागेकोले जनता र राष्ट्रलाई सो सम्झौताबाट हुन सक्ने नोक्सानका साथै क्षतिबाट बचाउन आफुहरुले विरोध प्रदर्शन गर्न बाध्य भएको संयुक्त मोर्चा अन्तर्गत विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला सेके्रटरी गोकुल पराजुली जानकारी दिए ।

उनले एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्ध विरोधी भएकाले यसको खारेज हुनुपर्ने पनि बताए । सो विरोध कार्यक्रममा उपस्थिति नेताहरुले ५० अर्बमा देश बेच्न लागिएको भन्दै सबै नागरिक एकताबद्ध भएर सरकारलाई दवाव दिनुपर्ने बताएका थिए । एमसीसी नेपालको पक्षमा नरहेको उनीहरुको तर्क समेत रहेको छ ।

त्यस्तै उनीहरुले यदि सरकारले जबरजस्ती एमसीसी पास गराउन खोजे त्यसको परिणाम भयानक हुने चेतावनी पनि दिइएको छ ।

प्रदर्शनमा गठबन्धनका तर्फबाट विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला सेके्रटरी गोकुल पराजुली, नेकपा ९क्रान्तिकारी माओवादी० का कास्की जिल्ला इन्चार्ज रामजी थापा, वैज्ञानिक समाजवादी पार्टीका गण्डक संयोजक विनोद सोनाम, देशभत्त जनगणतान्त्रिक मोर्चाका कास्की जिल्ला अध्यक्ष टेक बहादुर गुरुङ्ग लगायतको सहभागीता समेत रहेको थियो ।