बुटवल-२४
नेपाली कांग्रेसका नेता हरिप्रसाद तिवारीले तिलोत्तमा नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिवारीले तिलोत्तमा नगरको सभापतिमा  उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तिवारी २०४८ सालमा ट्रेड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै राजनीति यात्रा सुरु गरेका हुन् । उनले पार्टीलाई एकजुट बनाउने उद्वेश्यले आफु सभापतिमा उठ्ने निर्णय गरेको बताए ।

स्याङ्जा रापाकोटमा जन्मिएका तिवारी अहिले रुपन्देहीको तिलोत्तमा ३ मा बसोबास गर्दछन् । ३० बर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहेका उनी २०४८ सालमा ट्रेड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै,शंकरनगर वडा संयाृजक,सचिब,क्षेत्रीय सदस्य क्षेत्र नं. २ र १३ औं महाधिबेशनबाट जिल्ला सदस्य निर्बाचित भएका थिए ।

५८ बर्षिय तिवारीले तिलोत्तमा नगर सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।  उनले पार्टीलाई एकजुट बनाउने र बिग्रिएको  संगठन चुस्त दुरुस्त बनाउदै उनले गुट र उपगुटको अवस्थालाई अन्त्य गर्न आफु सभापतिमा उठ्ने  बताए । 

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरे । 
उनले केहिदिनमा सार्बजनिक रुपमा कार्यक्रम गरेर नै केहिदिनमै नगर सभापतिको उम्मेदबारी घोषणा गर्ने बताए । तिलोत्तमामा अहिले ३८३ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

नगर अधिवेशन यहि २८ गतेबाट शुरू हुँदैछ ।