काठमाडौ-२५
एमाले सांसदको १५ मिनेट प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु रोष्टममा पुगेर नारावाजी गरिरहेका छन् । यसअघि आजै बसेको पहिलो बैठकमा पनि एमाले सांसदहरुले अवरुद्ध गरेका छन् ।

बैठक अवरुद्धताकै बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकृतिको लागि बोल्न समय दिएका छन् ।

अध्यादेश अस्वीकृतिको सूचना दिनुअघि सांसद सुवालले एमसीसीको विरोधमा गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै विरोध गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालनको वातावरण बनाउन बारम्बार आग्रह गरिरहेका छन् । संसद संचालन गर्न प्रतिपक्षको जिम्मेवार भूमिका भएको सापकोटाले बताएका छन् ।