काठमाडौं-२६
पूर्वप्रधानमन्त्री एवंम् जसपाका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने तर्क गरेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोजना स्वीकार्नुपर्ने तर्क गरेका छन् । विदेशी परियोजना विरोध गर्नेहरु राष्ट्रवादी हुन नसक्ने उनको भनाई छ । ‘सबै विदेश सहयोगका परियोजना स्वीकार्दै देश समृद्ध पार्ने र युवा स्वदेशमै राख्ने राष्ट्रघाती ?’ भट्टराईको प्रश्न छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेको बेला नेता भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो।
‘चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्दै देश कंगाल पार्ने र युवाहरुलाई रोजगारीका लागि विदेश लखेट्ने राष्ट्रघाती कि नेपालमुखी भएर बीप्पा, बीआरआई, एमसीसी सहितका सबै स्वीकार्दै देश समृद्ध पार्ने र युवालाई स्वदेशमै राख्ने राष्ट्रघाती ?’ भट्टराई ट्विट गर्दै भनेका छन् ।