स्याङ्जा-२८
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी स्याङ्जाको जिल्ला भेला आज गल्याङमा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला ईन्चार्ज विकिरणले  संसदीय  ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै त्यसको विकल्पमा  बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियोे । उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि  नेपालका सम्पुर्ण प्रगतिशील युवा तथा विद्यार्थी  हरु को महत्त्वपूर्ण भुमिका रहने हुँदा सम्पुर्ण युवा बिद्यार्थीहरु  शशक्त  ढंगले अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियोे ।

कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला सेक्रेटेरी  क. रुबेलले राजनीतिक क्रान्तिमा युवा विधार्थीहरुको भुमिका महत्त्वपूर्ण हुने भन्दै  युवा बिधार्थीहरु सक्रियता पुर्वक लाग्न अनुरोध गरेका थिए, कार्यक्रममा नेकपाका जिल्ला कार्यलय सदस्य दुर्गा थापा,युवा संगठन नेपाल स्याङ्जाका अध्यक्ष मक्कन गुरुङ ,जनपत्रकार संगठनका स्याङ्जा का संयोजक सुदिप भट्टराई  लगायतको उपस्थिति रहेको थियोे ।

भेलाले अमृत श्रेष्ठ को नेतृत्वमा १५सदस्यीय जिल्ला कमिटि समेत घोषणा गरेको छ।
कार्यक्रम को संचालन अखिल क्रान्तिकारी  बिद्यार्थी  नेता नुमाखर डुम्रेले गरेका थिए ।