बुटवलको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेसँगै यस क्षेत्रमा सुरक्षा बढाइए सँगैजनताहरु आक्रोशित छन् । सुकुम्बासीका नाममा मोतीपुर औद्योगिक करिडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै प्रशासनले हिजोदेखि निषेधाज्ञा लागू गरेको हो ।

औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेको भन्दै अहिले सम्म ८ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। बस्ती बसाउनुको लागि हजार जनाको समुह तयार गरि सरकारसँग भिड्न तयार रहेको र बस्ने व्यवस्था मिलाउन रसिद काटेको थाहा पाएकोले उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
आइतबार पक्राउ परेका ४ जनालाई धरौटीमा रिहा गरिएको छ भने निषेधाज्ञा शुरु भएपछि पक्राउ परेका ४ जनालाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले तोकिएका क्षेत्रमा बनेका संरचना हटाउने र नयाँ आउनेलाई पक्राउ गरि कारवाही गरिने बताए ।
उनले उलङ्घन गरेमा १ लाख सम्म जरिवाना र ६ महिना सम्म कैद वा दुबै सजाय दिन सकिने व्यवस्था रहेको बताए । उनले तोकिएको ४ किल्लाभित्र नआई सहयोग गर्न आग्रह समेत गरेका छन् । निषेधित क्षेत्र पूर्व तिनाउ नदी ९ बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म०, पश्चिम हरिहरपुरको खेतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं। १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं। १८ औद्योगिक करिडोरको जमिन ९धन्दापुर सौरहियासम्म० तोकिएको छ।