पर्वत संवाददाता
नेपाल कम्युनिस्ट पार्टीसहित पर्वतमा ३ राजनीतिक दलहरू अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका पर्वत जिल्ला सेक्रेटरी रिजन, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेल र नेकपा मालेका सचिव याम बहादुर विश्वकर्माले विवादास्पद एमसीसी खारेजीको लागि संयुक्त प्रेस विज्ञप्तिमार्फत राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकारलाई सशक्त माग गर्दै पर्वतवासी आमजनसमुदायलाई सम्झौताविरुद्ध स्वस्फूर्त अघि बढ्न अपिल गरेका छन् ।
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जोरजबरजस्त रुपमा नेपालको विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई किनेर, धम्क्याएर पास गराउने दौडधुपमा अमेरिका लागिपरेको छ । यतिखेर स्वाधीन नेपाल र स्वाभिमानी नेपाली आकाशमा राष्ट्रघातको कालो बादल मडारिइरहेको छ । एमसीसी सम्झौता पास गर्ने दुश्चक्र संसदीय दलहरूद्वारा भयो भने नेपाल रणमैदानमा परिणत हुनेछ र अमेरिकी कालोबुटमुनि नेपाल र नेपाली छटपटाउनु पर्नेछ । जहाँ अमेरिकी सेना उपस्थित भएकोछ, त्यहाँ प्रलय सिवाय अर्थोक हात लागेको छैन ।’
विज्ञप्तिमा भनिएको छ,पर्वत जिल्लामा राजनीतिक नेतृत्वको दलालीकरण,कालोबजारी,भ्रष्टाचार तथा प्रशासनलाई प्रलोभनमा पारी अदालतको आदेश विरुद्ध कालीगण्डकी दोहनका विरुद्ध समेत ३ दल आक्रोशीत भएका छन् र उक्त कदम तत्काल रोक्न चेतावनी दिएका छन् ।
विज्ञप्ति यस प्रकार छ ।