बुटवल-०१
एकिकृत समाजवादी पार्टी बहुसंख्यक यूवाहरुको पार्टीे बन्ने नेतृ रामकुमारी झाँकीले बताएकी छिन् । एमालेबाट विभाजन भई आधिकारिकता पाएपछि पहिलो पटक बसेको पार्टीको लुम्बिनी प्रदेशको बैठकमा बौल्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ झाँकीले पार्टीले यूवाहरुलाई अगाडि बढाउने बताइन् ।
‘एकिकृत समाजवादी पार्टी बहुसंख्यक युवाहरुको पार्टी बन्ने छ ।’ झाँकीले भनिन् ‘यो नै जवानहरुको, सिनियर नागरिकहरुको सम्मान गर्न लायक, मूलतः उर्जावान यूवाहरुको पार्टी बन्ने छ ।’ उनले भनिन् ‘लुम्बिनी प्रदेशमा वडा तहबाट विद्रोह सुरु हुँदा लुम्बिनी प्रदेशमा साविकको खड्ग ओली,एमालेको धराशायी क्षयिकरण र हाम्रो बढोत्तरी सुरु भएको छ । हामीले अहिले हाम्रा एजेण्डा मात्रै भनेका छौं ,धेरै जनप्रतिनिधिलाई दवाव दिएका छैनौं ।’उनले नेकपा एमाले लुम्बिनीलाई इंगित गर्दै भनिन्‘ कतिपयलाई यहाँ चूनौती नै छैन जस्तो लागेको छ ।’
उनले आफूहरुले आफ्नो भविष्य आँफै बनाउने बताउँदै पार्टीको विस्तार गर्ने बताउँदै सही विचार र उद्देश्यमूलक कम्यूनिष्ट, बामपन्थी पार्टी बनाउने बताइन् । त्यसका लागि सदस्य अनलाइनमा क्यूआर कोडसहतिको पार्टी सदस्य आवदेनको फार्मको विकास गर्ने बताइन् । विधानले तोकेको १६ वर्ष भन्दा माथिका सबैलाई पार्टी सदस्यता लिन पाउने र सबैलाई सदस्यता लिनका लागि आह्वन गर्ने बताइन् ।
यस्तै एकिकृत समाजवादी एमालेबाट विभाजन नभई बिद्रोह गरेको दाबी गरिन् । ‘यो विभाजन होइन विद्रोह हो ।’ उनले भनिन् ‘एउटा सलाईको काँटीले डढेलो लाग्यो भने कति ठाउँमा फैलिन्छ यसैगरी एकिकृत समाजवादी पार्टी पनि सबै ठाउँमा फैलिन्छ ।’